बालेनको घर पसेका ‘जोगी’ले प्रहरीलाई नै ‘भष्म गर्दिन्छु’ भनेपछि…

राजनीति

काठमाडौं । गएको शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को घरमा गएर दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ‘जोगी’लाई प्रहरीले तारेखमा छाडेको छ ।जोगीमा भेषमा ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी कार्यालयमा लगिएका उनले आफ्नो नाम फरक–फरक बताउँदै आएका छन् । उनको नागरिकता फेला नपरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए ।एसपी मैनालीले भने, “उहाँमा मानसिक समस्या छ कि जस्तो लाग्छ । प्रहरीलाई नै भष्म गर्दिन्छु भने । म पशुपति बाबाको भक्त हुँ, सबैलाई भष्म पार्दिन्छु भन्छन् ।”उनलाई आवश्यक परेको बेला प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडिएको छ ।

जोगीको भेष धारण गरेका उनी गएको शनिबार राति करिब साढे ८ बजे मेयर बालेनको घरभित्रै पसेका थिए । त्यहाँबाट उनलाई बाहिर निकालिएको थियो । त्यसपछि भनाभन भएको थियो ।ती व्यक्तिले आफूलाई प्रधानमन्त्री र मन्त्रीले समेत केही गर्न नसक्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *