प्राध्यापक पोष्टराज पोखरेलले गरे औषधि उद्योगको मुनाफाबारे नेपालकै पहिलो पीएचडी

कला

भरतपुरको हाकिमचोकमा रहेको बोस्टन इन्टरनेशनल कलेजका प्राध्यापक पोष्टराज पोखरेलले औषधि उद्योगको मुनाफाबारे नेपालकै पहिलो पीएचडी गरेका छन् ।

नेपालको औषधि उद्योगको व्यवस्थापनमा केन्दित रहेर यसको मुनाफामा आन्तरिक तथा बाह्य तत्वहरुबारे उनले पोखरा विश्वविद्यालयबाट पीएचडी गरेका हुन् ।

प्राध्यापक डा राधेश्याम प्रधानको सुपरीवेक्षणमा पीएचडी गरेका उनले सन् २०१५ बाट अध्ययन सुरु गरेर २०१९मा अनुसन्धान सम्पन्न गरेका थिए । चितवनको खैरहनी नगरपालिकाको कठारमा जन्मिएका पोखरेल प्रारम्भिक शिक्षा गाउँको विद्यालयबाट नै पूरा गरेका हुन् । एसएलसी पछि उनले उच्च मावि बालकुमारी मावि, बीबीएस र एमबीए बालकुमारी कलेजका पूरा गरेका हुन् भने एमफील त्रिभुवन विश्वविद्यालयबाट पूरा गरेका थिए ।सन् २०१३ सालदेखि उनी बोस्टन इन्टरनेशनल कलेजमा आवद्ध भएर वाणिज्यशास्त्र, अनुसन्धानलगायत बीबीए र एमबीएमा विभिन्न विषयमा प्राध्यापन गर्दै आइरहेका छन् । उनी कलेजको अनुसन्धान निर्देशक पनि हुन् ।

पीएचडी गरेपछि उनले भने, ‘पीएचडीलाई जीवनको सिकाइको एउटा सामान्य प्रक्रियाको रुपमा लिएको छु ।’ सामान्य र सरल जीवन शैली अपनाउन चाहने पोखरेलले औषधि उद्योगमा १४ वर्ष काम गरेका थिए । निर्माणकै चरणमा रहेको हावर्ड औषधि उद्योगको प्रवन्ध निर्देशकको रुपमा समेत पहिचान बनाएका पोखरेलको एक दर्जन बढी अनुसन्धानमूलक लेखहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *