
जुम्ला । जुम्लाको खेल क्षेत्रको विकास गर्नका लागी विद्यालय स्तरमा प्रशिक्षण कार्यक्रम गरिएको छ । कर्णाली खेलकुद परिषद् सुर्खेतको आर्थिक सहयोग र कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई प्रशिक्षक दिइएको छ । एक दिने जिल्ला स्तरीय प्रशिक्षक र विद्यालयका खेलशिक्षकलाई प्रशिक्षक तथा प्रशिक्षण कार्यक्रममा क्लबबाट १५ जना, विद्यालयबाट २४ जनासँगै, तेकान्दो, एन्फा र मार्सलाट तर्फका गरी जम्मा ८९ जना सहभागी भएको कर्णाली खेलकुद क्लबका सहसचिव धनराज सुनारले जानकारी दिए । त्यस्तै कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले खेलका नियमसँगै खेलाडीलाई अनुशासनका कुरा सिकाउन आवश्यक रहेको बताए । उनले भने जुम्लामा हुने हरेक खेलकुद आयोजनामा विभिन्न कारणले झगडा र विवाद हुने भएकोले अनुशासनको कमी देखिएको देखिन्छ । खेल क्षेत्रको विकासमा आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।


