संस्कृति मन्त्रालयबाट ४३ जना श्रष्टा पुरस्कृत

सबै

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलेविभिन्न विधाका ४३ जना श्रष्टालाई पुरस्कृत गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृतश्रष्टाहरुलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य विधा देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताउँदै श्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताए । उनले सम्मानबाट श्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले भाषा, साहित्य रसंस्कृतिको प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । भाषा, साहित्य, संस्कृतिलगायत राष्ट्रिय जीवनका विभिन्नक्षेत्रमार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मुर्धन्य श्रष्टाहरुको मन्त्रालयले सम्मान गरेको श्रेष्ठले बताए । मुलुकको प्रतिष्ठा उच्च बनाउन श्रष्टाबाट थप योगदान हुने विश्वास समेत उनकाे भनाइ छ ।समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कार अन्तर्गत साहित्य, संगीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *