पथलैयाँ र सिमरा बीच को जंगलमा शलको पासोमा झुण्डिएको अवस्थामा महिलाको शब फेला

सबै

बाराको पथलैया जंगलबाट झुण्डिएको अवस्थामा एक महिलाको शब फेला परेको छ ।बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित गुम्बा भन्दा लगभग २ सय मिटर पश्चिम पथलैया जंगलमा शब रहेको खबर पाएपछि प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले शब फेला पारेको हो ।

प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले परिचय नखुलेको अनुमानित २५/३० वर्षीय महिलाको शब बाँजीको रुखको हाँगामा शलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त शब सडेर गलेको हुँदा दुर्गन्धित अवस्थामा थियो । ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक नेतृत्वको टोलीले शबको र घटनाको मुचुल्का उठाई अनुसन्धान गरीरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *