लाउडा प्रकरण: गोली लागेको घाइतेलाई २१ वर्षपछि क्षतीपुर्ती दिन सिफारिस

सबै

खोटाङ ।राष्ट्रिय मानव अधिकार आयोगले लाउडा प्रकरणको बिरोधका क्रममा खोटाङमा २१ वर्षअघि भएको गोली काण्डका घाइतेलाई क्षतीपुर्ती दिन सरकार समक्ष सिफारिस गरेको छ ।लाउडा बिमान खरिद प्रकरणका बिरुद्ध दिक्तेलमा १३ जेठ २०५८ मा मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीको गोली लागेर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका प्रताप राईलाई क्षतीपुर्ती उपलव्ध गराउन आयोगले सरकार समक्ष सिफारिस गरेको हो । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोईराला नेतृत्वको सरकारले अनियमितरुपमा लाउडा बिमान खरिद गर्ने निर्णय गरेपछि त्यसका बिरुद्ध ६ बाम घटक अन्तरगत खोटाङमा एमाले र जनमोर्चाले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाईते भएका थिए ।आयोगले घाईतेलाई जनही एक लाखका दरले राहत तथा क्षतीपुर्ती दिन सिफारिस गरेको हो । प्रतापको २८ माघ २०६२ मा मृत्यु भइसकेकाले उनका हकवालालाई क्षतीपुर्ती उपलव्ध गराउन आयोगले भनेको छ । “घटना भएकै महिना आयोगमा उजुरी दिएका थियौँ,” रिजालले भने, “रजिष्ट्री गरिएको चिठ्ठीमार्फत राहतका लागि सिफारिस भएको जानकारी पाएका हौँ ।” संलग्न मिसिल, पीडितको बयान, प्रत्यक्षदर्शीको भनाई, उपचार गराएको कागजात, प्रहरी प्रधान तथा पुर्व क्षेत्रीय प्रहरी कार्यालय रानी बिराटनगरको पत्रबाट प्रदर्शनकारीले मसाल जुलुस निकालेको र उक्त जुलुस सकिएपछि प्रहरीले हवाइ फायर गरेको, सो क्रममा चार जनालाई गोली लागि घाइते भएको र घाइतेहरुको तत्कालिन सरकारले उपचार गराएको पुष्टी भएको आधारमा राहत तथा क्षतीपुर्तीका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *