बजेट निर्माण प्रक्रियामा हाम्रो चासो र संलग्नता छैन– चौधरी ग्रुप

सबै

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बजेट निर्माण प्रक्रियामा आफूहरूको संलग्नता नरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको कुनै पनि संलग्नता र चासो नरहेको उल्लेख गरेका हुन् । बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले लेखेका  छन्, ‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ ।’ यस मामिलामा उनले चौधरी ग्रुपको संलग्नताको बारेमा विना आधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी आएकोप्रति खेद प्रकट समेत गरेका छन् ।उहाँहरुले लगाउनुभएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ,’ चौधरीले भनेका छन्, ‘र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरूलाई आग्रह गर्दछौँ ।’ बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको सहभागिता वा संलग्नता पुष्टि भएमा कारवाही भोग्न तयार रहेको समेत चौधरीले उल्लेख गरेका छन् ।यस्तै, चौधरीले बजेट निर्माण प्रक्रियामा आफूहरूको संलग्नता पुष्टि नभएमा मिथ्या आरोप लगाउनेहरूलाई कारवाही गर्नेसम्मको चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *