madan-bhandari

मदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम

समाचार फोटो फिचर

११ असार, काठमाडौं । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ ।

नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले आजदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिए । नेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उनको व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर र प्रवद्र्धन गर्दै आएको छ ।

सचिव लामाका अनुसार साताव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार मदन भण्डारी कलेजमा छलफल शृङ्खला र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी भएका थिए ।

यस्तै आज कीर्तिपुरमा प्राज्ञिक अन्तरसंवाद, असार १२ गते सञ्चारकर्मीसँग अन्तक्र्रिया, १३ गते नेपालमा सडक सुरक्षाबारे संवाद, १४ गते राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मूल समारोहको कार्यक्रम एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण, १५ गते राष्ट्रिय गीत तथा ‘श्वेतशार्दुल’को पाँचौँ अङ्कको सार्वजनीकरण तथा असार १६ गते ज्येष्ठ कम्युनिष्टलाई सम्मानको कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *