
२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडाका छन् ।प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका सुरक्षा स्रोतलाई उधृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले समाचार लेखेको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् ।
श्रीलंका प्रहरीले शनिबार राति ९ बजेपछि कर्फ्यु घोषणा गरेको छ । पश्चिमी प्रान्तको विभिन्न प्रहरी कार्यालयहरुले आफ्नो क्षेत्रभित्र कर्फ्यु घोषणा गरेका हुन् । प्रहरीले कर्फ्यु उल्लंघन गर्नेमाथि कडा कारबाही गर्ने बताएको छ ।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् । राष्ट्रपति निवासमा भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।


