सहरी विकाश तथा भवन कार्यालय पर्साका सव–इन्जिनियर रुपेश कुमार दुबेलाई प्रहरीले एक लाख ७० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

समाचार

सहरी विकाश तथा भवन कार्यालय पर्साका सव–इन्जिनियर रुपेश कुमार दुबेलाई प्रहरीले घुस रकमसहित पक्राउ गरेको छ। सव–इन्जिनियर दुबेलाई एक लाख ७० हजार घुस रकमसहित प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय वीर्ताको प्रहरी टोलीले सव–इन्जिनियर दुबेलाई सहरी विकाश तथा भवन कार्यालयबाट घुस रकमसहित पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जनकारी दिए।

उनका अनुसार पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर २ मा सव डिभिजन वन कार्यालय बसन्तपुर र सव डिभिजन वन कार्यालय मानवामा वन कर्मचारीका लागि स्टाफ क्वाटर भवन निर्माण भएको छ। दुई ठाँउमा १०/१० लाख गरी बीस लाखमा निर्माण भएको स्टाफ क्वाटर भवनको अन्तिम भुक्तानी गर्न सव–इन्जिनियर दुबेले सेवाग्राहीसँग १० प्रतिशत रकम कमिसन मागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *