स्कुल पढ्ने बालबालिकालाई राजनीति सिकाउदै अखील नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन

सबै

स्कुल पढ्ने बालबालिकालाई राजनीतिबाट टाढा राख्नुपर्छ भनेर विभिन्न तर्क वितर्क हरु छन। कतिपय ले बालबालिकालाई राजनीति बाट टाढा राखेर उनीहरूलाई पढ्ने, खेल्ने अधिकार स्वतन्त्र रुपमा दिनुपर्छ।  विद्यार्थीहरू तथा विद्यालय मा राजनीति छिराउदा शिक्षा नै खरानी हुने बताइन्छ भने कतिपय ले राजनीति भनेको अती आवश्यक हो भोलि का कर्णधार भनीने बालबालिकालाई आजबाट नै दक्ष बनाई देशको राजनीति परिवर्तन गर्नुपर्छ भन्छन। यसबीच निजगढ नगरपालिका को वडा नम्बर ५ स्थित  सार्वजनिक मा वी मा पढाई नै अवरोध गरेर झण्डा बोकाईएको तस्विर अहिले सामाजिक सञ्जाल मा व्यापक रुप मा पाउन सकिन्छ। स्थानीय बासिन्दा हरुले बालबालिकालाई मा घटिया राजनीति छिराएको मा आक्रोश व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिलाई र प्राध्यापक संघ प्रश्न गरेको छन्। सम्बन्धित निकाय मौन अवस्था मा हुदा विद्यालय राजनीति गर्ने थलो होइन भन्दै आक्रोशित युवाहरु ले समेत सम्बन्धित निकाय को ध्यानाकर्षण को लागी पहल गरिरहेको बताइन्छ। यस विषय मा सम्बन्धित निकाय हरु को कुनै प्रतिक्रिया आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *