८ वर्ष अघि न्युजिल्याण्ड आएका सुवाष एक पटक पनि नेपाल गएनन् । उनले परिवारलाई आफु न्युजिल्याण्डको पि आर बनाएर चाडैँ घर आउने बताएका थिए ।

सबै

– ८ वर्ष अघि न्युजिल्याण्ड आएका सुवाष एक पटक पनि नेपाल गएनन् । उनले परिवारलाई आफु न्युजिल्याण्डको पि आर बनाएर चाडैँ घर आउने बताएका थिए ।

आज भन्दा ८ वर्ष अगाडि सुनसरी मधेशाका सुवास घिमिरे पढाईका शिलशिलामा न्युजिल्याण्ड तर्फ लागे । उनको परिवारले भएको सम्पत्ति बेचेर सुवासलाई न्युजिल्याण्ड पठाएका थिए । सन् २०१५ मा न्युजिल्याण्ड आईपुगेका घिमिरे एकपटक पनि नेपाल फर्केनन् । उनले परिवारलाई अब छिट्टै आफ्नो पि आर हुने र नेपाल आउने कुरा बताएका थिए ।२०६३ सालमा सानो उमेर मै विवाह गरेका सुवाषको १५ वर्षका छोरा छन् । छोराको भविष्य, परिवारको हेरचाहका लागि सुवाष न्युजिल्याण्डमा दिनरात मेहनत गरेर काम गर्थे । उनी न्युजिल्याण्डको साउथ आईल्याण्डको एस्बर्टन भन्ने ठाउँको एक डेरी फार्ममा काम गर्थे । कामकै शिलशिलामा उनको गत जुन २४ तारिकका दिन क्वाड बाईक दुर्घटना मृत्‍यु भएको छ । उनको मृत्‍युको खबरले सुनसरी मधेशाको हलेशी टोल यती खेर शोकमग्न अवस्थामा छ । सुवाषको घरमा उनकी आमा, श्रीमती, छोरा र भाई बुहारी छन् । सुवाषको बुवाको निधन उनी न्युजिल्याण्ड आउनु अगाडि २०७२ साल मै भएको थियो । उनका माहिलो भाई अहिले कतारमा छन् भने कान्छा भाई बुहारी सुनसरी मै बस्छन् । ८ वर्षमा एक पटक पनि नेपाल नफर्केका सुवाषको न्युजिल्याण्डको पि आर बनाएर मात्र नेपाल फर्किने र आमा, श्रीमती र छोरालाई न्युजिल्याण्ड ल्याउने योजना रहेको उनका भाईले जानकारी दिएका छन् । उनले हालसालै पि आरका लागि आवेदन समेत दिएका थिए ।उनको मृत्‍युको खबरले स्तब्ध बनेको परिवार अब उनको शवको पर्खाइमा छ । न्युजिल्याण्डमा रहेका संघ संस्थाहरुले उनको पार्थिब शरीर नेपाल पठाउने सहयोग संकलन सुरू गरेको छ। पार्थिव शरीर नेपाल पठाउने प्रकृया निकै खर्चिलो भएको र घिमिरेको परिवारले सो प्रकृयामा लाग्ने खर्च व्यहोर्न नसक्ने भएकाले गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डले सहयोग अभियान सुरू गरेको हो संघले नेपाली सङ्घ संस्था, व्यक्तिसमक्ष सहयोगको अपिलसमेत गरेको छ। सहयोग जुटिरहेको र अबको २ सातामा घिमिरेको शव नेपाल आईपुग्ने जानकारी आफुले पाएको मृतक घिमिरेका भाई नारायण घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *