भारतका दुई केन्द्रीय मन्त्रीद्वारा राजीनामा

सबै

भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन् ।  प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् ।उनीहरू दुवै जना राज्य सभा सदस्य थिए । उनीहरुको राज्यसभा सदस्यको कार्यकाल बिहीबारदेखि सकिने भएकाले उनीहरुले एक दिन अगाडि नै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।मन्त्री भएकै बेला संसद सदस्यको म्याद सकिएर मन्त्री पद छोड्नु परेको यो पहिलो पटक हो । उनीहरु फेरि निर्वाचित हुनु अगाडि छ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । उनीहरूलाई फेरि मन्त्रीको रूपमा सपथ खुवाइने सम्भावना पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *