पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

ताप्लेजुङ, जेठ ३२- जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी […]

Continue Reading

रूकुम पश्चिममा दुर्घटनामा तीनजनाको मृत्यु, तीन जना घाइते

रुकुम पश्चिम- रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका-१, गिल्वाङ नजिकै गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर अन्य तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-५, बर्दियाका २७ वर्षीय सौगात बिक, […]

Continue Reading

सात करोड बढी रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्षसहित तीन पक्राउ

काठमाडौँ । स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैँ रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआएबी)ले जनाएको छ । पक्राउ परेकाहरूमाथि सहकारीको सात करोड ४० लाख रुपैयाँभन्दा बढी […]

Continue Reading

चितवनमा रुखबाट लडेर एकजनाको मृत्यु

चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका ८ चिसापानीका ४५ बर्षिय लालजंग गुरुङको शुक्रबार रुखबाट लडेर मृत्यु भएको हो । गुरुङको उदयपुर सामुदायिक वनमा सालको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Continue Reading

तुलसीपुर हत्या प्रकरण : श्रीमानसँग सम्बन्धविच्छेद भएपछि शुक्रबारै बिहे गर्ने तयारीमा थिइन ‘टीका’ 

रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय टीका रावलको श्रीमानसँग यही १५ जेठमा सम्बन्ध विच्छेद भयो । उनीहरु तुलसीपुर ६ स्थित राप्ती टोलमा भाडामा बस्दै आएका थिए । सम्बन्ध विच्छेद भएपनि उनका श्रीमान सल्यान कपुरकोट गाउँपालिका वडा नं.६ निवासी नेपाली सेनाका अमलदार ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्ना सामान लिएका थिएनन् । केही […]

Continue Reading

अब सशस्त्र प्रहरीले​​​​​​​ असइमा भर्ना नलिने, जवानमा भर्ना भएका प्रहरीको शतप्रतिशत पदपूर्ति बढुवा

सशस्त्र प्रहरीले प्रशासनतर्फ सहायक निरीक्षक (असइ)मा भर्ना नलिने नीति लिएको छ । हाल असइका रिक्त पदमध्ये ६० प्रतिशतमा खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत पदमा आन्तरिक बढुवाबाट पदपूर्ति हुन्छ । असइमा भर्ना लिँदा जवानमा भर्ना भएका प्रहरीको करिअर प्रभावित भएको निष्कर्षका आधारका शतप्रतिशत पदपूर्ति बढुवाबाट गर्न लागिएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए । तर, यो प्रावधानले कनिष्ठ अधिकृत […]

Continue Reading

पिडीत परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख फिर्ता

काठमाडौँ-अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन््। पोस्ट बजेट अन्तरकृयामा बुधबार मन्त्री पुनले सहकारीका सञ्चालक,एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए। यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ। ‘सहकारीले धेरै […]

Continue Reading

भाइले गरे दाइको हत्या

नुवाकोट- जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ। ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुधबार नियन्त्रणमा लिएको हो। सोमबार साँझ धारिलो हतियार (खुकुरी) प्रहारबाट हत्या भएको खमसिंहको मृत्यु जग्गासम्बन्धी विवादमा उनकै भाइबाट भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको […]

Continue Reading

विद्यालयको पठनपाठन तीन दिन बन्द

वीरगञ्ज- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो। वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै […]

Continue Reading

१६ वर्ष पछी गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ

वीरगन्ज : १६ वर्ष पहिले जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन अधिकृतको गोली हानी हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साकै सखुवा प्रसौनी गाउँपालिका-५ बलुवाका ७२ वर्षीय प्रेम गिरी रहेका छन्। पक्राउ परेका गिरीले २०६५ असोज २२ गते जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत ५२ वर्षीय मोहन प्रसाद मैनालीको गोली हानी […]

Continue Reading