दमौलीमा भिषण आगलागीः २० वटा सटर जलेर नष्ट

तनहुँ- तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२:४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला […]

Continue Reading

नक्कली सवारी लाइसेन्स प्रकरण : निजामती, सेना, प्रहरी र भिआइपी समेतले लिए

नक्कली लाइसेन्स प्रकरणमा नक्कली लाइसेन्स लिनेसहित १२ जनालाई सिआइबीले पक्राउ गरेकोमा लाइसेन्स लिएका तीनजनालाई हाजिरी जमानीमा छाडेको छ । लजारस दनुवार, दीपक सारू मगर र अजित मिश्रलाई अनुसन्धानमा सघाएपछि प्रहरीले हाजिरी जमानीमा छाडेको हो । कर्मचारीहरू हरीश भट्ट, सुरजप्रकाश अर्याल, नारायणप्रसाद पाण्डे, बिर्जुकुमार चौधरी, वसन्त पाण्डे, गणेश भण्डारी र दीपा न्यौपाने सिआइबीको हिरासतमा छन् । त्यस्तै, गिरोहमा संलग्न […]

Continue Reading

महानगरमा बजेट ल्याउन मधेश सरकारको नेतृत्वलाई कमिसन

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रदेश सरकारबाट महानगरमा बजेट ल्याउन आफूले कमिसन दिनुपरेको दाबी गरेका छन्। व्यक्तिको नाम नलिई प्रमुख सिंहले बजेट ल्याउने आशमा प्रदेश सरकारका नेतृत्वकर्तालाई विगतमा पनि कमिसन दिएको उल्लेख गर्दै यसपटक पनि मोटो रकम बुझाएको खुलाए। शनिबार वीरगन्जमा आयोजित नवगठित जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मेयर सिंहले जसपा नेपाल विभाजन भएपछि […]

Continue Reading

सुनसान गाउँ, दुई जीर्ण भवन र मक्किएका झ्याल ढोका भएको विद्यालय को कथा

बागलुङ- सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ । भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको छ । यो […]

Continue Reading

गुल्मीमा बस दुर्घटना

पोखराबाट गुल्मी तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको उक्त बसमा १३ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको भएको हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ […]

Continue Reading

पाल्पामा जिप दुर्घटनाः बालकसहित दुई जनाको मृत्यु, १३ जना घाइते

पाल्पा- पाल्पा- बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं.४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका वडा नं.४ का ६ वर्षीय […]

Continue Reading

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयले बैठकका लागि सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव समेत कार्य सूचीमा समेटिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा […]

Continue Reading

जगदम्बा स्टिलमा मजदुरको मृत्यु

 बाराको सिमरा स्थित जगदम्बा स्टिलमा कार्यरत मजदुरको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका – ३१ निवासी भुलन चौधरीको मङ्गलवार कार्यक्षेत्रमा ज्यान गएको हो । करिब ३ दशकदेखि जगदम्बा स्टिलमा कार्यरत मजदुर चौधरी काम गर्ने क्रममा एक्कासि ढलेपछि उपचारको क्रममा मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ । चौधरीले उद्योगभित्र वर्कसपका काम गर्दै आएका थिए । उनको […]

Continue Reading

कक्षाकोठामा शिक्षामन्त्री…

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आइतबार दिउँसो काठमाडौँको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको छ। कक्षाकोठामा उहाँले विद्यार्थीहरूसँग पुस्तक पुनर्प्रयोग लगायतका विषयमा कुराकानी गर्नुभएको थियो। पुस्तक पुनर्प्रयोग गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले दिवा खाजा लगायत विद्यार्थीकै हितमा प्रयोग गर्न सकिने बताउनुभयो। मन्त्रालयले आगामी बजेटमा […]

Continue Reading

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको  हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै हत्या भएको बताए । सो घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी पनि उनले दिए । त्याको कारण भने खुलेको […]

Continue Reading