गगनको आशंका: एनसेलको सेयर खरिद-बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साठगाँठ

काठमाडौँ – संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा प्रवेश भएको छ । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले यसबारे अध्ययन गरिरहेको भए पनि राज्यव्यवस्था तथा सुशासन समितिमा उक्त विषय प्रवेश भएको हो । समितिको आजको बैठकमा सदस्यले एनसेल बिक्रीका सम्बन्धमा अहिलेसम्मको यथार्थताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जानकारी लिनुपर्ने […]

Continue Reading

एनसेलको नाममा जे भइरहेको छ, त्यसैका लागि सीजीलाई रोकिएको हो: निर्वाण चौधरी

काठमाडौं । चाैधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चाैधरीले एनसेलको नाममा अहिले जे भइरहेको छ सीजी टेलिकमलाई त्यसैका लागि रोकिएको आरोप लगाएका छन् । बिहीवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै चौधरीले निःशुल्क भ्वाइस र एसएमएस तथा ५० प्रतिशत सस्तोमा डेटा उपलब्ध गराउने वाचा गरेको कम्पनी (सीजी) लाई स्वीकृति नदिएको भन्दै एनसेल प्रकरणमा संलग्न पात्रले नै सीजीलाई […]

Continue Reading

सोती घटना प्रकरणमा २४ जनालाई जन्मकैद

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित छ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सजाय सुनाएको छ । आज मङ्गलवार न्यायाधीश खड्कबहादुर केसीको इजलासले थुनामा रहेका २३ र तारेखमा रिहा भएका १ गरी २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । […]

Continue Reading

खुकुरी प्रहार गरी एकल महिलाको हत्या

सुनसरी-  सुनसरीको इटहरी- २ शान्तिनगरमा एकल महिलाको बिभत्स हत्या भएको छ । हत्यामा संलग्न स्थानीय सन्तोष राई पक्राउ परेका छन । घर पछाडिको गोठमा गोवर फाल्दै गरेकी एकल महिला ६८ वर्षीया मधेमाया पुरीलाई आइतबार दिउँसो ३ बजे स्थानीय युवा सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भिर बनेकी […]

Continue Reading

विप्लब लगायत नेकपाका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी   

काठमाडौ- जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । अदालतले नेकपा माहासचिव चन्दसहित उहाँका पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र […]

Continue Reading

नेपोभिट ब्राण्डको टायल आगलागि करोडौको क्षति (तस्वीरसहित)

बारा- नेपोभिट ब्राण्डको टायल उत्पादन गर्दै आएको जीतपुरसिमरा-८ स्थित नेपाल सेरामिक ईण्डष्ट्रिज प्रालीमा आगलागी भएको छ । उद्योगभित्र जेसिभीले काम गर्ने क्रममा बिजुलीको लाइनमा छोएर विद्युत लाइन सर्ट हुँदा आगलागी भएको जनाइएको छ । आगलागीबाट करोडौं मूल्य बराबरको क्षति भएको छ । आगलागी आइतबार दिउँसो करिब ३ बजेतिर सुरु भएर साँझ ५ बजे पछि मात्रै नियन्त्रणमा […]

Continue Reading

आगलागी उद्धारका लागि बाराबाट गएका दुई जनाको मृत्यु

बारा- मकवानपुरको हेटौंडा उपहानगरपालिका–१६ ठूलो आकाशधारा आपघारिस्थित एक घरमा आगलागी भएपछि उद्धारका लागि बाराबाट गएका दुई जनाको दुर्घटनामा मृत्यु भएको छ । स्थानीय ताम्बा माईलाको घरमा आगलागी भएपछि उद्धारका लागि रतनपुर बाराबाट गएका स्थानीय ३६ वर्षिय लालबहादुर थिङ र जित बहादुर थिङको मृत्यु भएको हो । उनीहरु ठुलबुवा-भतिज हुन । घटनास्थलतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा […]

Continue Reading

एनसेलको सेयर साढे ६ अर्बमा बिक्री, शतिशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेले किन्यो

काठमाडौं । आजियटाले ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट यूकेलाई एनसेल बेचेको छ । आजियटा समूहले ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट यूके लिमिटेडसँग बिनासर्त बिक्री गर्ने सम्झौता गरेको हो । स्पेक्ट्रलाइट यूके नेपाली मूलका सिंगापुर निवासी शतिशलाल आचार्यको कम्पनी हो । स्पेक्ट्रलाइट दुई महिनाअघि मात्रै सन् २०२३ सेप्टेम्बरमा खुलेको कम्पनी हो । […]

Continue Reading

चिच्चाएर वर माग्ने अनौठो मेला सकियो, भेटी मात्रै उठ्यो १८ लाख

पाल्पा – नेपालकै अनौठो मध्येको एक पाल्पाको तिनाउ गाउँपालिका ४ सत्यवती तालमा लागेको पाँच दिने धार्मिक मेलामा १८ लाख ५० हजार ३ सय ३१ रुपैयाँ भेटी संकलन भएको छ ।प्रत्येक वर्ष कात्तिके एकादशीको अवसरमा लाग्दै आएको चिच्चाएर वर माग्ने धार्मिक मेलामा पाल्पा सहित छिमेकी मुलुक भारतबाट समेत भक्तजन आएका थिए ।  आफुले चाहेको मनोकामना पुरा हुने […]

Continue Reading

चुरोट नदिएको निहुँमा युवकको हत्या आरोपमा १४ जना पक्राउ

कैलाली – चुरोट नदिएको निहुँमा एक युवकको हत्या गरेको आरोपमा १४ जना पक्राउ परेका छन् । विवाहमा गएको एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा कैलाली प्रहरीले १४ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता गणेश नाथका अनुसार लम्कीचुहा नगरपालिका –९ घोराघाटका डिल्ली कोइरालाको विवाहमा गएका बेला गएराति कैलालीको घोडाघोडी नगरपालिका –२ […]

Continue Reading