राजधानीको कान्तिपथमा दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

काठमाडौँ । राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । […]

Continue Reading

फेरी रोकियो चालक अनुमतिपत्र छपाइ

स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । अहिले आकस्मिक […]

Continue Reading

अझै पनी कर्णाली बासी तुईन बाट खस्नुपर्ने

तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका- ३ स्थित लेप्चेघाटमा मुगुको सोरू गाउँपालिका- ५ का ३८ वर्षीय मकरसिंह नेपाली तुइनबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।  हिजो साँझ ६ बजेरतिर तुइनबाट खसेर नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। कर्णाली करिडोरअन्तर्गत  छारे-सुनाखाडामा काम गर्न उनी  मुगुबाट हुम्ला […]

Continue Reading

७० लाखमा बनाइएको कोभिड अस्पताल झन्डै दुई वर्षदेखि प्रयोगविहीन 

तीन वर्षअघि महामारीमा सञ्चालन गरिएको दमक नगरपालिका– २ बेलडाँगीस्थित कोभिड– १९ अस्पताल झन्डै दुई वर्षदेखि प्रयोगविहीन छ । भुटानी शरणार्थी शिविरका दुईवटा भवनलाई मर्मत गरेर ३० बेडको अस्पताल बनाउन नगरपालिकाले ७० लाख खर्च गरेको थियो । ०७८ कात्तिकसम्म अस्पताल सञ्चालनमा रहे पनि त्यसयता बन्द छ । संरक्षण अभावमा अस्पताल परिसर अहिले झारले ढाकिएको छ । ‘नेतृत्वको अकर्मण्यताले त्यति धेरै […]

Continue Reading

यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी, उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने

काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो ।नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले विषेशगरी राजमार्गमा हुनसक्ने लुटपाट रोक्न […]

Continue Reading

बझाङ केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प

बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।  शनिबार मध्यान्ह ११:४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको हो।  मंगलबारयता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका छन्। गत मंगलबार दिउँसो २: ४०मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।  त्यसपछि […]

Continue Reading

सर्पले डसेर ३ र ८ वर्षीय दुई दिदीबहिनीको उपचारको क्रममा अस्पताल मृत्यु 

कपिलवस्तुमा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले डसेर गम्भीर बनेका बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका मोतीलाल क्षेत्रीका ३ र ८ वर्षीय दुई छोरीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको हो । वाणगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष कमल पौडेलले राती अबेरसम्म फिलिम हेरेर झुल […]

Continue Reading

नेपालगञ्ज कर्फ्यु:-नाकामा रोकिएकाहरुलाई प्रहरीले उद्धार गरी नेपालगञ्ज कटाइदिने

१७ असोज, काठमाडौं । कर्फ्युपछि बाँकेको नेपालगञ्ज आज बिहानसम्म शान्त छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । कर्फ्युका कारण सीमा नाकामा रोकिएकाहरुलाई प्रहरीले उद्धार गरी नेपालगञ्ज कटाइदिने गरेको छ । नाकामा रोकिएकाहरुलाई प्रहरीले गाडीको व्यवस्था गरेर […]

Continue Reading

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

काठमाण्डाै – बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युकाे आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिनुभयो । बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो । हिन्दुहरुको समूहले नेपालगञ्जमा प्रदर्शन गरेको छ । र्‍यालीमा ढुङ्गा र इँटा […]

Continue Reading

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिए। महिला प्रहरी हवल्दारमाथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समितिसमेत गरेको थियो समितिले उनलाई कारबाही गर्नुपर्ने […]

Continue Reading