पोखरा उडेका यति र श्री एयरका जहाज काठमाडौं फर्किए

सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरका विमान काठमाडौं नै फर्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन्

Continue Reading

हुलाकी सडकमा अन्न सुकाउदा दुर्घटनाको जोखिम उच्च

समीर बिश्वकर्मा,        ठोरी, असोज-१० गते/ पर्साको ठोरी गाउँपालिकामा सडकमा अन्न सुकाउदा चारपाग्रें सवारीलाई गुड्न असहज साथै दुर्घटनाकोजोखिम उच्च भएको छ।  बिरगंज -ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपलिका वडा न. ३,४ र ५ मा हुलाकी सडकमा धान ,मकै ,गहुँ, पराल लगायतका अन्नहरुसुकाउदै आईरहेको देख्न सकिन्छ । उक्त क्रियाकलाप बितेका सालहरुमा पनि हुने गर्थ्यो। तर उक्त बिषयलाई सम्बन्धित निकायलेत्यति चासोको बिषयमा लिएको थिएन ।   यस्ता क्रियाकलापका कारण ठुला गाडी, ट्रक ,स्कुल बस लगायतका सवारीहरु सजिलै पास हुन नमिल्ने गरि अन्न सुकाएको देखिन्छ।यस्तो गर्नाले अन्न सुकाउने यी एरियामा दुर्घटनाको जोखिम उच्च रहेको देखिन्छ ।  समयमै यस विषयप्रति सम्बन्धित निकायकोध्यानाकर्षण होस् । तस्वीर : संजय लामा

Continue Reading

मोटरसाइकलको ठक्करबाट साइकल चालक गम्भीर घाइते

बाराको कलैया उपमहानगरपालिका–१४ मा सोमबार बिहान मोटरसाइकलको ठक्करबाट साइकल चालक गम्भीर घाइते भएका छन् ।  कलैया उपमहानगरपालिका–१४ का अन्दाजी ५५ वर्षीय जोखु साह तेली घाइते भएका हुन् । घाइते भएका उनको एलएस न्यूरोअस्पताल पर्वानीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  कलैयाबाट बरियारपुरतर्फ जाँदै गरेको साइकललाई सोही दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०३–२३ प ९७ ८४ नम्बरकोमोटरसाइकलले बिहान ९ बजे पछाडिबाट ठक्कर दिएको थियो ।  ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । 

Continue Reading

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराोपमा नाबालक पक्राउ

धनगढी- बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक नाबालक पक्राउ परेका छन्। जबरजस्ती करणीकाे आराेपमा १३ वर्षीय नाबालक पक्राउ परेका हुन्। बझाङ छबिसपाथिभेरा गाउँपालिका-१ सुङ्ला बस्ने एक अपांग महिलालाई आइतबार दिउँसो ३ जबरजस्ती करणी गरी फरार भएकासोही ठाउँका एक नाबालकलाई आइतबार राति पक्राउ गरिएको हो। ती महिला अल्जाइमरबाट पीडित थिइन्। जबरजस्ती करणी गरी फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएकोटोलीले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको हो। बुबाको निधन भइसकेको र आमा आइतबार नै घर बाहिर गएका बेला नाबालकले जबरजस्ती करणी गरेकाे खुल्न आएकाे छ।

Continue Reading

दैलेखमा चट्याङ लागेर एक जनाको ज्यान गयो, १६ जना घाइते

दैलेखमा चट्याङ लागेर एक महिलाकाे ज्यान गएकाे छ । १६ जना घाइते भएका छन् ।  गएराति चट्याङ लागेर महाबु गाउँपालिका-१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिनुभयो । घरमै भान्साको काम गरिरहेको बेला चट्याङ लागेर घाइते हुनुभएकी खत्रीको अस्पतालमा उपचारका क्रममा ज्यान गएको  हाे । आआफ्नै घरमा बसिरहेका बेला […]

Continue Reading

वीरगन्जस्थित बालसुधार गृहमा झडप, ३ प्रहरीसहित १४ जना घाइते

वीरगन्जस्थित बाल सुधार गृहमा झडप भएको छ । मंगलबार बेलुका दुई पक्षबीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् । बुधबार बिहान स्थिति सामान्य भए पनि प्रहरीहरूको सुरक्षा सतर्कता कडा बनाएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए ।  उक्त बालसुधार गृहमा भक्तपुरबाट लगेकासहित १४९ जना कैदी बन्दी रहेका छन् […]

Continue Reading

क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप, प्रहरीले लिएन निवेदन

आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ। पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ। कालीमाटीस्थित महिला सेल पुगेका पीडित पक्षले सोमबार रितपूर्वक निवेदन लिएर आउने बताएका थिए। एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। […]

Continue Reading

गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन

गुल्मी – गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । घटनाबारे सत्य/तथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरकाे संयोजकत्वमा समिति गठन भएको हो । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी प्रशंसा मरासिनीको उपचारका क्रममा आज मङ्गलवार ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो । गुल्मी अस्पतालका निमित्त मेडिकल […]

Continue Reading

एयर ट्राफिक कन्ट्रोलमा समस्या आउँदा बेलायतमा हजारौं हवाई यात्रु समस्यामा

बेलायतमा एयर ट्राफिक कन्ट्रोलको सिस्टममा आएको खराबीका कारण हजारौं हवाई यात्रु समस्यामा परेका छन् । बीबीसीका अनुसार बेलायतको एयर ट्राफिक कन्ट्रोलमा आएको प्राविधिक समस्याका कारण हजारौं उडान रद्द भएका छन् भने उडान ढिला भइरहेका छन् । बेलायतमा एयर ट्राफिक कन्ट्रोल गर्ने नेटले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको बताएको छ । जसका कारण अब उडानको योजना […]

Continue Reading

क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन जना नेतालाई प्रहरीले पक्राउ

क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन जना नेतालाई प्रहरीले पक्राउ गरेको छ  ।  काभ्रेको बनेपामा एमसीसीको खारेजी, भ्रष्टाचारीमाथि कारबाही र महँगी नियन्त्रणको माग गर्दै भित्तेलेखनमा संलग्न रहेका सो पार्टीका महाधिवेशन आयोजक समिति सदस्य ढोग प्रसाद उपाध्याय, प्रदेश समिति सदस्यद्वय अशल मोक्तान र प्रदीप अस्तानलाई प्रहरीले पक्राउ गरेको हो ।  राष्ट्रहित र जनसरोकारका मागलाई लिएर शान्तिपूर्ण तरिकाले भित्तेलेखनमा […]

Continue Reading