पाल्पाबाट मनकामनाका लागि छुटेको बस नवलपरासीमा दुर्घटना : ५ जनाको मृत्यु, २४ घाइते

पाल्पाको रम्भा गाउँपालिका- १, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार- २, मथारमा भएको दुर्घटनामा २४ जना घाइते भएको प्रहरी चौकी डेढ गाउँले जनाएको छ । ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेर भएको दुर्घटनामा रम्भा […]

Continue Reading

वीरगञ्जमा मतदाता लोभ्याउन साडी वितरण गर्दै गठबन्धन उम्मेदवार पूर्वमन्त्रीसमेत रहेको प्रदीप यादव

वीरगञ्ज । निर्वाचनको मुखमा प्रदीप यादवले साडी वितरण गरेर निर्वाचन आँचर सहिताको उलंघन गरेका छन् । छठको बहानामा साडी बाँडेपनि साडी वितरण गर्ने योजना भने निर्वाचन केन्द्रीत भएको यादवकै एक कर्याकर्ताले नाम नबताउने शर्तमा बताए । उनले साडी वितरण गरे वापत प्रदिप यादवको पक्षमा मतदान गर्न आग्रह गरिरहेको स्रोतको दावी छ ।

Continue Reading

तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मनाईंदै

काठमाडौं- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन […]

Continue Reading

पहिलो पटक भारतीय मूलका व्यक्ति ४२ वर्षका ऋषि बन्ने भए बेलायतका प्रधानमन्त्री

संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन्। ४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेको बिबिसीले जनाएको छ। उम्मेदवारी दर्ताको अन्तिम समयमा अर्की दाबेदार पेनी मोर्डन्ट नेतृत्वको दौडबाट बाहिरिएपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ऋषिको बाटो खुलेको हो।  कुनैबेला भारतलाई उपनिवेश बनाएको बेलायतमा पहिलो पटक भारतीय मूलका […]

Continue Reading

आज गाई पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र […]

Continue Reading

लक्ष्मीपूजाको साँझ पनि भारतलाई बेचियो ३८० मेगावाट बिजुली

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक आवरमा पनि बिजुली भारत निर्यात गरेको छ।प्राधिकरणका अनुसार सोमबार साँझ पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको हो। लक्ष्मीपूजाको साँझ ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग भएको थियो। त्यो समयमा १३०५ मेगावाट बिजुली खपत भएको थियो। निर्यातसहितको बिजुली जोड्दा त्यतिबेला प्राधिकरणको प्रणालीबाट १६८५ […]

Continue Reading

पर्सा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उमेदवार अंगद ठाकुर द्वारा दिपावली को शुभकामना

वीरगंज, पर्सा, पर्सा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अंगद ठाकुर द्वारा समस्त हिन्दुहरु को महान चाड शुभ दिपावली को शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हरु मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। आज को यस शुखद घडी मा धन्यधान्य का देबी माता लक्ष्मी ले हामी नेपाली लाइ अन्नधन […]

Continue Reading

प्रहरीले पुन:फेला पार्‍यो ४६ तोला बढी सुन

असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाट पछि हराइरहेको सुनका गरगहनामध्ये शुक्रबार साँझ सम्ममा प्रहरीले ३०६.६१ तोला सुन बरामद गरेको छ।केहि बेर अघि प्रहरीले नयाँ बसर्पाक छेउमा खाल्डो खनि पुरेको अवस्थामा थप ३३ थान अर्थात् ४६।६१ तोला सुनका गहना फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रमुख (डिएसपी) कैलाश राईले तीन […]

Continue Reading

मतदाताको मन मा उदाउदै स्वतन्त्र उम्मेदवार  निर गिरी

४ कार्तिक । पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेदवार निर गिरी मतदाताको मन जित्न सफल हुँदै गएका छन् अझ भन्नु पर्दा क्षेत्र नम्बर ३ (क) मा नै उदाउदै छन्। सानो उमेर देखी नै राजनीतिको सुरुवात गरि तत्कालीन  प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएका निर गिरीले गरीब विद्यार्थी, मजदुर,  तरुण, […]

Continue Reading

नारायणी नदीमाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ बन्ने

साढे दुई महिनाभित्र ठेक्का सम्झौता गरिने चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्नेगरी नारायणी नदीमाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ । सडक विभागअन्तर्गत पुल महाशाखाले बुधबार पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ । डिजाइन र निर्माण गर्नेगरी ठेक्का आह्वान गरिएको हो ।जसअनुसार दुबै काम ठेक्का लिने पक्षले गर्नुपर्ने छ । पुल महाशाखाका प्रमुख उमेशबिन्दु श्रेष्ठका […]

Continue Reading