राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन् । काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन् । बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको […]

Continue Reading

आजबाट काठमाडौंका सार्वजनिक स्थलमा धूमपान निषेध

आजबाट काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ।महानगरका नगरप्रमुख बालेन शाहका सचिवालय सदस्य सुनिल लम्सालले महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको बताए। उनका अनुसार सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा  सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो।महानगरका […]

Continue Reading

नेपाललाई सनातन  हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने  माग राख्दै  भारद्वाजले आमरण अनशन गर्ने

चितवन, भदौ ३१  गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गरियोस् भन्ने माग गर्दै भोलि  असोज १ गते ११ बजेदेखि  आमरण तथा रिले अनशन बस्ने घोषणा गरेको छ । प्रेमनिधि भारद्वाजले आमरण अनशन गर्नुहुनेछ भने अन्य २५ जनाले  दैनिक  १२ घन्टाको रिले अनशन गर्नुहुनेछ।  आज ( भदौ ३१) पत्रकार महासंघ चितवनको हलमा […]

Continue Reading

जय नेपालमा चलिरहेछ डोजर: अब टुकुचा लुकेर होइन खुलेर बग्छ

काठमाडौंको हात्तीसारस्थित जय नेपाल हल बन्द भएको दुई वर्षभन्दा बढी भइसक्यो। तर बिहीबार यहाँको माहोल भने कुनै सुपरहिट सिनेमाको आगमनभन्दा कम थिएन। काठमाडौं महानगरपालिकाको टोलीले हल ‘कम्पाउन्ड’ भित्रै डोजर चलाउँदा वर्षौंदेखि लुकेको टुकुचा पहिलो पटक ‘प्रदर्शित’ भएको छ। पचासौं वर्षदेखि पुरिएको टुकुचा खोलाको उत्खनन गर्न सफल भएका छौं,’ काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले […]

Continue Reading

वन तथा वातावरण मन्त्री यादव को पयल मा वीरगञ्जमा प्राकृतिक चिडियाखाना बन्ने मन्त्रीपरिषदले दियो स्वीकृति

२९ भदौ, वीरगञ्जमधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा प्राकृतिक चिडियाखाना बन्ने भएको छ । वीरगञ्ज–३१ सोलखपुर र वडा नं ३२ रामवन क्षेत्रमा प्राकृतिक चिडियाखाना स्थापना गर्न लागिएको हो । भदौ २७ गते बसेको मन्त्री परिषद बैठकले मधेस प्रदेशमा प्राकृतिक चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ । वन तथा वातावरण मन्त्रालयले मधेस प्रदेशमा चिडियाखाना […]

Continue Reading

ट्रायलमा फेल भएका ६२ जनालाई मध्यरातमा पास गराएर बाँडियो लाइसेन्स

हेभी सवारीसाधन चालकको परीक्षामा यातायात व्यवस्था कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात व्यवस्था कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय वीरगन्जमा ‘जी’ समूह अर्थात हेभी सवारीको चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरबाट मध्यराति पास देखाइएको हो ।  यातायात व्यवस्था कार्यालय […]

Continue Reading

डेंगु ज्वरो एक तीव्र संक्रामक रोग हो जुन सुरुमा ज्वरोको साथ देखा पर्दछ।

Aedes aegypti (एडीज एजिप्टी) जात को पोथी लामखुट्टेको टोकाईबाट मनिष मा सर्ने सरुवा रोग हो डेंगु। यो दिनमा काट्ने लामखुट्टे हो जसले फूलको भाँडो, क्यान, वर्षा ब्यारेल, पुरानो रबर टायर आदि मा पाइने स्पष्ट र स्थिर पानीमा अण्डा पार्छ। वयस्क लामखुट्टे घरको अन्धकार ठाउँमा आराम गर्दछ। लक्षणहरू अचानक उच्च ज्वरोको सुरुवात जो २ देखि ७ […]

Continue Reading

साइकलको पन्चर टालेर अर्बपति

नेपालगन्ज : बहुदलीय व्यवस्था आउने बेला नेपालगन्ज सडकमा ओहोरदोहोर गर्नेलाई प्रहरी गुल्म अगाडि साइकल बनाउँदै गरेको युवाबारे केही सम्झना छ ? कतिले त साइकल मर्मत पनि गराउनुभयो होला ? एउटा थोत्रो साइकल उल्टो पारेर राखिएको हुन्थ्यो। छेउमा दुइटा डन्डा गाडिएको हुन्थ्यो। डन्डामा डोरी बाँधेर साइकलका टायर र गद्दी टाँगिएका हुन्थे। २० वर्षे लक्का जवान बोरा ओछ्याएर […]

Continue Reading

पल, सन्दिप अनि अब उपमेयर, उपमेयरबाट बलात्कार प्रयास भएको आरोप

आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि सम्पर्कविहीन भएका सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो शुक्रबार दिउँसो लहान प्रहरीमा हाजिर भएका छन् । आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो करिब सवा तीन बजे इलाका प्रहरी कार्यालयमा हाजिर भएका उपमेयर महतोले दिएको निवेदन दर्तालगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि […]

Continue Reading

वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुरयाउने , सिंहले गरेको प्रतिबद्धता अनुसार वडा वडामा भोली देखि शुरु

वीरगञ्ज २५ भदौ । वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुरयाउने उदेश्यले आइतबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुुरु गर्दैछ ।स्थानीय तहको निर्वाचनका बेला मेयर राजशेमान सिंहले गरेको चुनावी प्रतिबद्धता अनुसार , आइतबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गर्न लागिएको हो । पहिलो दिन आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा “मेयर घरदैलो स्वास्थ्य […]

Continue Reading