दुर्घटनामा ट्रकचालकको घटनास्थलमा नै मृत्यु

सप्तरीको शम्भुनाथ नगरपालिका– ५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रकचालकको घटनास्थलमा नै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८१८१ नम्बरको क्लिंकर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका– १ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । शम्भुनाथ– […]

Continue Reading

ट्रक खेतमा पल्टिँदा एक जनाको मृत्यु

भरतपुर महानगरपालिका–१६ शरणपुर चोकमा शनिवार चामल बोकेको ट्रक मोड्ने क्रममा अनियन्त्रित भई खेतमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भरतपुरबाट विजयनगरतर्फ जाँदै गरेको ना १ क २८७८ नम्बरको ट्रक खेतमा पल्टिँदा ट्रकको पछाडि सवार १० जना कामरदार मध्ये ३ जना घाइते भएका थिए । गम्भिर घाइते भएका तँनहु […]

Continue Reading

माओवादी अपहरण र दुई दुर्घटनामा बाँचेका क्याप्टेन अरुण शिवपुरीमा अस्ताए

काठमाडौं– एअर डाइनेस्टीको नाइनएन-एजेडी एअरबस हेलिकप्टर दुर्घटना हुँदा बुधबार दिउँसो चार चिनियाँ पर्यटकसँगै क्याप्टेन अरुण मल्लले ज्यान गुमाए । नुवाकोटको शिवपुरी गाउँपालिका-७, सूर्यचौर जङ्गलमा भएको उक्त दुर्घटनामा रसुवाको स्याफ्रुबेँशीतर्फ जाँदै गरेको हेलिकप्टरमा सवार क्याप्टेन मल्लसहित पाँचै जनाको मृत्यु भएको हो । माओवादीद्वारा अपहरण हेलिकोप्टर उडानमा निकै अनुभवी र पोख्त पाइलटका रूपमा चिनिएका मल्लले यसअघि नै […]

Continue Reading

नदीकिनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडियो

नारायणगढको नारायणी नदीकिनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ। उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो रहेको छ । एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको हो । सूचना अधिकारी तिवारीले भने, ‘स्वास्थ्य, उमेर र […]

Continue Reading

राष्ट्रिय दलको युवा संगठनको संवेदनशील पदमा रहेका ले ममाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार भयो : सांसद गौतम

प्रतिनिधिसभाकी सांसद सोविता गौतमले आफूमाथि सार्वजनिक स्थलमै अभद्र व्यवहार भएकोबारे सरकारलाई गम्भीर ध्यानाकर्षण गराएकी छिन् । आइतबार करिब साँझ ५ बजे आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको कागेश्वरी–मनोहरा नगरपालिका– ६ स्थित मनकामना टोलमा अभद्र व्यवहार भएको गौतमले सोमबार प्रतिनिधिसभामार्फत जानकारी गराइन्। उक्त क्षेत्रमा पहिरो गएको ठाउँ अवलोकन गरेर फर्कने क्रममा केही युवाले अभद्र व्यवहार गरेको उल्लेख गर्दै उनले भनिन्, […]

Continue Reading

भोलि र पर्सि देशभर वर्षा हुने, ३६ जिल्लामा रेड अलर्ट जारी

मंगलबार  र बुधबार देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गरि मनसुन न्यून चापीय  रेखा नेपालनजिक सर्ने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने बताएको हो।  महाशाखाका अनुसार मंगलबार र बुधबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली […]

Continue Reading

बोष्टन कलेजमा अध्ययनरत छात्र कैलाश ८ दिनदेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

चितवनको रत्ननगर नगरपालिका १० टाँडीका कैलाशराज मिश्र ८ दिन देखि बेपत्ता भएका छन । साउन १३ गतेदेखि बेपत्ता उनको खोजी गरिदिन परिवारले अपिल गरेको छ । भरतपुरको अर्बिट स्कूलमा अध्यापन गराउने र बोष्टन कलेजमा अध्ययन गर्दै आइरहेका उनि १३ गते साँझदेखि परिवारको सम्पर्कमा छैनन । उनले चलाउने बा १४ च ५०१ नक्वरको कार भरतपुर २९ […]

Continue Reading

अब राष्ट्रिय परिचयपत्र नम्बर भएकाले अस्थायी कार्ड आफै प्रिन्ट गर्न सक्ने

काठमाडौं । राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अस्थायी कार्ड आफै प्रिन्ट गर्न सक्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी रूपमा भौतिक कार्ड आवश्यक पर्ने सेवाग्राहीलाई लक्षित गर्दै यस्तो व्यवस्था ल्याउने तयारी गरेको हो ।  विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र नम्बर भएका व्यक्तिले डिजिटल प्रति प्राप्त गर्न तथा त्यसको प्रिन्ट गर्न सक्नेगरी […]

Continue Reading

गार्सिनिया कम्बोजिया बेचेको पाइएमा प्रहरीलाई खबर गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग को अनुरोध

तौल घटाउने भन्दै बिक्रीवितरण भइरहेको गार्सिनिया कम्बोजिया बेचेको पाइएमा जानकारी दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको छ।विभागले सूचना प्रकाशित गरी गार्सिनिया कम्बोजिया नाम गरेको आहारपूरक खाद्यपदार्थको झूटो अनुज्ञापत्र नम्बर राखेर बिक्रीवितरण गरिएको उल्लेख गरेको छ। यसका विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ।गार्सिनिया कम्बोजियालाई नानो फुड नेपाल प्रालिले उत्पादन […]

Continue Reading

‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि ट्रोल भएकी चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार

काठमाडौँ । राजधानीको पशुपतिस्थित वनकाली क्षेत्रमा आयोजित कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन् । उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू हुनसक्ने बताएकी हुन् ।  जिभ्रोको स्वभावै चिप्लिनु हो ।  बोल्दा कहीँकतै जिभ्रो चिप्लिन पनि सक्छ । त्यसलाई ध्यानमा नदिएर कथाको उद्देश्य के हो, विषयवस्तु के हो, त्यसतिर […]

Continue Reading