राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ। यही असोज २९ र ३० गते हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए। पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय […]

Continue Reading

कांग्रेसका तीन पूर्वमहामन्त्री एकै मञ्चमा : नयाँ गुट जन्मिएको हो ?

काठमाडौं । कोसी प्रदेशमा मुख्यमन्त्री विवाद चर्किरहेका बेला शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहको मञ्चमा तीन पूर्वमहामन्त्रीसहित पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देखा परिन् । कांग्रेसभित्र जटिल परिस्थिति हुँदै हालका महामन्त्री छल्दै पूर्व तीन महामन्त्री, देउवा पत्नी राणालाई एकै मञ्चमा राखिएपछि कांग्रेसजनमै प्रश्न उब्जियो– ‘यसबाट के सन्देश दिन खोजिएको हो ?’ त्यसरी कार्यक्रम गर्ने आयोजक चाहिँ […]

Continue Reading

मुस्लिम प्रति लक्षित फेसबुक स्टाटसका कारण नेपालगञ्जमा दङ्गा, नियन्त्रण गर्न लगाइयो कर्फ्यु

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसका कारण विवाद उत्पन्न भएपछि नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यु लागू भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेकाे हो । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार मोहम्मद डेको दिन एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै […]

Continue Reading

युवा नेता महादेव कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

वीरगंज, पर्सा बिरगंज का युवा नेता तथा समाजसेवी महादेव कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्रपार्टीका राष्ट्रिय उपाध्यक्ष डिपि आर्याल संग प्रत्यक्ष सम्पर्क मा रहेका उनी केही दिन पहिला भेट घाट भएको बेला संगै खिचेको तस्बीरसार्वजनिक गर्दै अब उक्त पार्टीमा प्रवेश गरेको घोषणा समेत गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपि अर्याल केही दिन पहिला मधेस आन्दोलन मा सहिद भएका दिलिप चौरसिया को घर मा आउदाकुर्मी लगायत संग भेटघाट गरेको तथा तस्बिर समाजिक संजालमा सार्वजनिक गरेका थिए । कुर्मी ले आफ्नो समाजिक संजाल मार्फतराष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै अब नयाँ सोचले सबैको सल्लाह सुझावले अगाडि बढ्ने बताएका छन । त्यस्तै महादेव कुर्मी ले अबका दिनमा स्वतन्त्र पार्टी मा आवद्ध हुन चाहने सम्पुर्ण विकास प्रेमी युवा, साथी, दाजुभाइ तथा अग्रजहरुलाईसम्पर्क गर्न पनि आग्रह गरेका छन । अगामी २०८४ मा हुने चुनावमा हामी आफ्नो लागि,आफ्नो समाजको लागि,देशको लागि र स्वच्छराजनितिकको लागि सबैलाई जुट्न अपिल पनि गरेका छन । पुर्व जनता समाजवादी पार्टी का नेता रहेका उनी यहि असोज १० मा पुर्ण रुपमा पार्टी परित्याग गरि स्वतन्त्र भएको घोषणा गरेका थिए ।विगतको समयमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह संगै बसेर बर्सौ देखि काम गर्दै आएको उनी राजनितिकअसमझदारी तथा धोका बाजी भएपछि अलग भएको बताएका थिए ।

Continue Reading

सामुदायिक विद्यालय ठप्प पारी शिक्षकहरु आन्दोलन मा, आन्दोलनमा सहभागिता नजनाउनेहरुलाई नगरपालिकाले रु. २०,००० रगाउँपालिकाले रु. १५,००० जरिवाना – नेपाल शिक्षक महासङ्घ

काठमाडौँ -नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विच भएका सहमती तथा आम नेपालीशिक्षक-कर्मचारीका माग र हकहितको प्रतिकूल हुनेगरी नेपाल सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन गरेता पनिपटक पटकको संवाद र छलफल पछि पनि सरकारले यो विधेयक मार्फत् नेपाली शिक्षक-कर्मचारीलाई धोका दिएपछि ।शिक्षकहरूलेस्थानीय सरकारको भूमिका अस्विकार गरी सरुवा, बढुवा, कामकाजमा नियुक्ति, कार्यसम्पादनमा मूल्यांकन, सेवा प्रदान, नियमन, रेखदेखमा भोलि संबिधान दिवस अर्थात असोज ३ गते आन्दोलन घोषणा गरेका छन्।  संसदमा दर्ता भएका विद्यालयका शिक्षासम्बन्धी कानूनको संशोधन र एकीकरण गर्ने लक्ष्य राख्दै, यस विधेयकले शिक्षकलाई स्थानीयसरकारमा राख्ने प्रक्रियामा परिवर्तन गरेको छ। यसले नेपाल शिक्षक महासंघका सदस्यहरूलाई असन्तुष्टि प्रकट गराएको छ, र  महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन पछि सिर्जना हुने विभिन्न क्षतिकोजिम्मेवारि स्वयम् सरकारले लिनुपर्ने   घोषणा गरेको हो ।  महासंघको मागमुद्दाहरु परिपुर्ति गर्न र आन्दोलनलाई सफल पार्नको निम्ति संघले सम्पुर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमीहरु,शिक्षासरोकार समूहहरु, पत्रकार मित्रहरु लगायत आम जनसमुदायमा सहयोग, समर्थन तथा ऐक्यबद्धता व्यक्त गरिदिनु हुन हार्दिक अपीलगरेका छन् । यश लगत्तै देशभरीका शैक्षिक क्षेत्रका विभिन्न स्थानीयले आफ्नो साथ जनाएका छन् । महासंघ केन्द्रको आह्वान बमोजिम२०८०/६/३ गते देखि अर्को निर्देशन नहुन्जेलसम्म पर्सागढी नगरपालिका, सखुवा पर्सौनी गाउँपालिका, कालिकामाई गाउँपालिकाकासम्पूर्ण सामुदायिक विद्यालय शिक्षाक्षेत्रहरुको सम्पूर्ण गतिविधि ठप्प गरि आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन जान तमामशिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुमा हार्दिक अपिल गरेका छन । आन्दोलनमा सहभागिता नजनाउनेहरुलाई  पर्सागढी नगरपालिकाले रु. २०,००० र सखुवा पर्सौनी गाउँपालिकाले रु. १५,००० जरिवाना तोकेका छन् ।  देशभरी सुगम देखि दुर्गम सम्मको शिक्षा सुधार, सेवा र सम्मान प्रति सरकारको ध्यानाकर्षण गराउन नेपाल शिक्षक महासङ्घले मैत्रीपुर्णआन्दोलनको घोषणा गरेको हो।

Continue Reading

एमाले, रास्वपा र राप्रपाको विरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित

काठमाण्डाै – नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक भोलि साेमवारसम्मका लागि स्थगित भएको छ । नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा विरोध जनाउँदै तीन दलले बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले आज आइतवार एक घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । तर दलहरूले सरकारले माफी नमागेसम्म बैठक […]

Continue Reading

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, राज्यमन्त्रीले गरिन् स्वागत 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौंबाट प्रस्थान गरेका थिए। नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्। प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्। दिल्लीमा रहँदा प्रधानमन्त्री […]

Continue Reading

शेरबहादुर देउवाका छोराले को सँग गरे इन्गेजमेन्ट?

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन्। पारिवारिक स्रोतका अनुसार काठमाडौंमा गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन्। जयवीर र शिवाना दुबै छुट्टाछुट्टै व्यवसायमा संलग्न छन्। देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ।

Continue Reading

Breaking News : नक्कली भुटानी शरणार्थी प्रकरणमापूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्।  पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो। प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान […]

Continue Reading

तनहुँ-१ मा रास्वपा को स्वर्णिम वाग्ले विजयी

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन्। स्वर्णिम वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्।त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५ […]

Continue Reading