बारा–२ मा रमेश खरेलले दिए उमेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नम्बर २ मा रमेश खरेलले उमेदवारी दिएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हु्न् । पूर्व डीआईजीसमेत रहेका खरेल हालै रास्वपा प्रवेश गरेका हुन् । उनी गएको मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।गएको मंसिर […]

Continue Reading

पर्सा को दुई प्रतिनिधिसभा सदस्य सहित ११ सांसदले बुझाएनन् सम्पत्ति विवरण (सूचीसहित)

१५ फागुन, काठमाडौं । प्रतिनिधिसभाका ११ सदस्यले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद सचिवालयका अनुसार समयमा सम्पत्ति विवरण नबुझाउनेमा जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा समेत छन् ।अजयकुमार चौरसिया, उदयशम्शेर जबरा, टेकबहादुर गुरुङ (निलम्बित) वर्षमान पुन, मनोरमा शेरचन, महिन्द्र राय यादव, मेटमणि चौधरी, मोहनबहादुर बस्नेत, राजकुमार गुप्ता र लक्ष्मी महतो कोइरीले पनि सम्पत्ति विवरण बुझाएका […]

Continue Reading

पर्सागढी नगरपालिका करारमा रहेको कर्मचारीहरुलाइ राजनीति प्रतिसोध राखी निकालीएको भन्दै पालिकाको कर्मचारीहरु द्वारा मेयरलाई ज्ञापनपत्र

पर्साको पर्सागढी नगरपालिकाको विभिन्न वडाहरुको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा कार्यरत्त कर्मचारीहरुले आन्दोलनको उदघोष गरेका छन् ।पर्सागढी नगरपालिकाको वडा नं. १, ३, ७ र ९ मा रहेको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरुमा कार्यरत १३ जना करारका कर्मचारीलाई बिना कारण एकाएक हटाईएको विरुद्धमा कर्मचारीहरुले बिहीवार नगरप्रमुख गोकर्ण पाठकलाई ज्ञापनपत्र बुझाएका छन् । आधारभूत स्वास्थ्य सेवा केन्द्र, […]

Continue Reading

बागमती सरकारले पायो पूर्णता, को को बने मन्त्री ?

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । ११ सदस्यीय मन्त्रिपरिषदलाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् ।  उनले बुधबार नियुक्त गरेका मन्त्रीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । जम्कट्टेलको मन्त्रिपरिषदमा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी […]

Continue Reading

चार महिनाभित्र देशभर संगठन बिस्तार गरिसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन बिस्तार गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो।पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ। साथै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिनेछ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन […]

Continue Reading

राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ ।उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ । स्रोतका अनुसार राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् । अरु दुई मन्त्री र एक […]

Continue Reading

आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेको थियो। दलका नेताहरूले सत्ता साझेदार दलका बैठकमा भएका सहमति आज आ-आफ्ना पार्टीभित्र पनि छलफल गरेपछि मन्त्रिपरिषद विस्तार […]

Continue Reading

यस्तो हुनेछ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते मङ्गलवार विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा एमालेसहित सरकारमा सहभागी दलहरूले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी) ले २६ गते यसबारेमा निर्णय गर्ने बताइसकेको छ ।  प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दै गर्दा कसरी विश्वासको मत लिन्छन् भन्ने आम नागरिकमा चासोको […]

Continue Reading

डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने

१७ मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् । सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि धारणा राखे । शनिबार जनमत पार्टीले काठमाडौंमा गरेको […]

Continue Reading

किसान र सोनललाई १५१ किलोको माला

११ मंसिर, वीरगञ्ज । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई १५१ किलोको माला लगाएर सममान गरिएको छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयबासिन्दाले १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । निर्वाचित भएपछि मतदातालाई […]

Continue Reading