पर्सा जिल्ला क्षेत्र नं. ३ बाट प्रत्यक्ष तर्फको उम्मेदवारी दिदै अशोक कडेल, राष्ट्रिय स्वतन्त्र पार्टी”,को गोलकार भित्रको घण्टी चुनाव चिन्ह बाट चुनाव लड्ने

जिवनका अधिकांस समय अध्ययन अनुसन्धान र सामाजिक सेवामा व्यतित गर्ने सानै देखी को देश को लागी केही गर्नुपर्छ भन्ने सोचको राख्ने, व्यवसायिक तवरले मुलुकको सर्वाड्डीण समृद्धिमा विज्ञताको योगदान समर्पित गर्न बौद्धिक युवाहरुको मञ्च “राष्ट्रिय स्वतन्त्र पार्टी”,को गोलकार भित्रको घण्टी चुनाव चिन्ह बाट प्रतिनिधि सभा सदस्यका लागी मंसिर ४ गते हुने निर्वाचनमा, निर्वाचन अधिकृतको कार्यालय पर्सा […]

Continue Reading

डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन : महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेंगी नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । काठमाडौं- ४ मा भएको पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै सरकारले डेंगी नियन्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको र जिम्मेवारी पूरा नगरेकोमा असन्तुष्टि जनाएका हुन् । ‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी […]

Continue Reading

गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास

९ असोज, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं६ स्थित घर फर्किंदै गर्दा यादवमाथि आक्रमणको प्रयास भएको हो । १०/१२ जनाको संख्यामा रहेका समूहको आक्रमणबाट अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात […]

Continue Reading

सिमरामा भोलिदेखि ‘के एस आर मुभिज’ सञ्चालनमा आउदै, जाने हैन प्रेम गित ३ हेर्न ?

बाराको सिमरामा भोलिदेखि के एस आर मुभिज सञ्चालनमा आउदैछ । मधेश प्रदेशकै पहिलो मल्टिप्लेक्स सिनेमा हल के एस आर मुभिजको भोलि उद्घाटन गरिदैछ ।मुभिजको भोलि बिहान एक कार्यक्रमकाबिच उद्घाटन गर्न लागिएको सञ्चालक काशिम मियाले जानकारी दिनुभयो । के एस आर मुभिजमा प्रविधियुक्त साउण्ड सिस्टम र उत्कृष्ट प्रोजेक्टर रहेको छ ।सिमरा बिजनेस सेन्टरमा रहेको के एस […]

Continue Reading

प्रेम गित ३ को टिम भोलि सिमरा आउने, प्रदिप खड्कासहित आउदैछन् यी कलाकार

प्रेम गित ३ को जम्बो टिम भोलि बाराको सिमरा आउने भएको छ । सिमरा बिजनेस सेन्टरमा भोलिदेखि सञ्चालनमा आउन लागेको के एस आर मुभिजको उद्घाटनमा सहभागि हुन प्रेम गित ३ को टिम भोलि सिमरा आउन लागेको हो । प्रेम गित ३ का नायक प्रदिप खड्का, नायिका क्रिस्टिना गुरुङ, निर्माता संतोष सेनसहितको जम्बो टोलि सिमरा आउने […]

Continue Reading

बलात्कार आरोपित १३ वर्षका बालकलाई चार महिना कैद

भरतपुर । सात वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षका बालकलाई जिल्ला अदालत चितवनले चार महिना कैद सजाय सुनाएको छ । चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले असोज ६ गते अभियोग दाबी पुग्ने भन्दै उक्त फैसला गरेको अदालतका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिए ।बालकलाई चार महिना कैदसँगै थप ५० हजार जरिवाना तोकिएको छ । […]

Continue Reading

वीरगन्जमा शनिबार जसपा पर्साले आयाेजना गरेकाे नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिकाे असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा

प्रेस नोट: वीरगन्ज , ०८ असाेज : जनता समाजवादी पार्टी (जसपा) पर्साका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे असंवैधानिक कदम मधेसीलाई नागरिकताबाट बन्चित गर्ने षडयन्त्र भएकाे बताएका छन् । वीरगन्जमा शनिबार जसपा पर्साले आयाेजना गरेकाे नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिकाे असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा जसपाका नेताहरुले राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी   ओलीकाे ईशारामा […]

Continue Reading

घर, कोठा छोडेर चाडपर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा नलेख्नुहोस् : प्रहरी

काठमाण्डौ  – काठमाण्डौ उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरेको छ। दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्नुपर्ने हुन्छ […]

Continue Reading

कुवेत टावरमा पहिलो पटक फहरायो नेपालकाे राष्ट्रिय झण्डा

काठमाण्डौ – कुवेत सिटीको कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा फहराएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा सोमबार कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा विद्युतीय माध्यममार्फत फहराएको हो ।  कुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको […]

Continue Reading

पुनम, दीपा र इन्दिराको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाण्डाै – नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनीहरु त्रिभुवन आर्मी फुटबल क्लबका हुन् । दशरथ रङ्गशालामा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै गाेलरक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ब्लेजरसहित उनीहरुको […]

Continue Reading