
आगामी महिना हुने नेपाल टी-२० लिग खेल्न ६ टिमले विदेशी खेलाडी ड्राफ्टमार्फत भित्र्याएका छन्।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ड्राफ्टमार्फत् तीन श्रेणीका खेलाडी आबद्ध भएका छन्। ड्राफ्टबाट ६ टिममा ९ देशका ३३ खेलाडी आबद्ध भएका छन्। पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, अमेरिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, अफगानिस्तान र मलेसियाका खेलाडी लिगमा आबद्ध भएका हुन्।
नेपाल टी-२० खेल्ने टिममा वेस्ट इन्डिजका कार्लोस ब्राथवेट, अस्ट्रेलियाका बेन कटिङ, श्रीलंकाका एन्जेलो म्याथ्यूज र पाकिस्तानका मोहमद हाफिजसहितका ३३ खेलाडी आबद्ध भएका हुन्। मार्की र ए श्रेणीका खेलाडीलाई १५ लाख, बी श्रेणीका लागि १० लाख र सी श्रेणीका लागि ५ लाख रुपैयाँ तलब दिने क्यानले जनाएको छ। यसअघि ड्राफ्टमा रहेका ९२ जना नेपाली खेलाडीबाट ६७ खेलाडी छनोट भएका थिए।

क्यानले प्रतियोगिताको आयोजना अधिकार भारतको सेभेन थ्री स्पोर्ट्सको जिम्मा दिएको छ। प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म नेपाल टी-२० लिग काठमाडौंमा हुँदैछ।


