धादिङ जाँदै गरेको रिजर्भ माइक्रो बस त्रिशुली नदीमा खस्यो

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । आज दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको हो । दुर्घटनामा […]

Continue Reading

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले […]

Continue Reading

महानगरका मेयरहरू भन्छन्– महानगरपालिकालाई छुट्टै ऐन बनाइदिनूस् 

महानगरपालिकाका प्रमुखहरूले संघीय संसदबाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन आवश्यक रहेको बताएका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि आज संयुक्त घोषणापत्र सार्वजनिक गर्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐनको आवश्यकता औंल्याउँदै संसदबाट ऐन जारी गर्न माग गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माण आवश्यक […]

Continue Reading

एसईईको ग्रेडवृद्धि परीक्षा भदाै ११ र १२ गते

काठमाण्डाै – एसईईको ग्रेडवृद्धि अर्थात पूरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । ‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, बढीमा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी पनि ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने छन् । परीक्षाफल […]

Continue Reading

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो । मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन् । आजको खेल नेपाल र भारत दुवैका […]

Continue Reading

काठमाण्डौमा भूकम्पको धक्का

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । काठमाण्डौसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।

Continue Reading

ललितपुरको बालकुमारीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

काठमाण्डाै – ललितपुरको बालकुमारीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जीपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का आशिष लामाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा राति ११ बजे बीएण्डबी अस्पताल ग्वार्कोमा ज्यान गएको […]

Continue Reading

मलाई राजनीति कसीबाट नै जाँच्नु होला: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू टेलिभिजनकर्मीको रूपमा प्राप्त गरेको लोकप्रियताको फाइदा उठाउनको लागि राजनीतिमा नआएको बताएका छन्।शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले आफूलाई राजनीतिक कसीबाट नै जाँच्न सबैलाई आग्रह गर्दै नेकपा (एमाले)समेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन्। शर्मामाथिको संसदीय छानबिनमा एमालेले समेत शर्माको कमजोरी लुकाउन सहयोग गरेको टिप्पणी […]

Continue Reading

सिरहाको भगवति स्वीट हाउसको चाटमा मरेको माहुरी, ग्राहक अस्पताल भर्ना, प्रशासनको छापामारी

सिराहा स्थित भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलिले छापा हानेको छ । सेवा ग्राहीको नास्तामा किरा फेला परेको सुचना प्राप्त भएपश्चात जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशणमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलिले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेका हुन् […]

Continue Reading

हलिउड अभिनेता लियोनार्दोले भने : बाघ संरक्षणमा नेपालको अविश्वसनीय उपलब्धी

१४ साउन, काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालमा बाघको संख्या दोब्बर भएकामा खुशी व्यक्त गरेका छन् ।शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै यसलाई अनुकरणीय भनेका छन् । हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो । सन् २०१० मा […]

Continue Reading